Wednesday 21st of October | २०८३ कार्तिक ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिस्त्रीखोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ५ बुधबार |

म्याग्दी, ३ कात्तिकः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा  मिस्त्रीखोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।
 
    खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिनुभयो ।
 
    “दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरुलाई मिस्त्रीखोलाले बगाएर बेपत्ता बनाएको हो,” उहाँले भन्नुभयो, “अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ ।” मृतक र बेपत्ता बालिका दुई बहिनीका छोरीहरु हुुन् ।
 
    सो घटनाको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयबासी समेतको सहभागितामा बालिकाको खोजी भइरहेको छ ।

    यसैबीच, नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण घटना भएको बताउनुभयो । “बिहान सुकेको खोलामा जलविद्युत् आयोजनाले पूर्वसूचना बिनै बाँधबाट एक्कासि पानी छोडेका कारण बालिकाहरुलाई बगाएको हो,” उहाँले भन्नुभयो ।

    सो घटनाको सन्दर्भमा अनुुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan