Sunday 25th of October | २०८३ कार्तिक ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सप्तकोशीमा मोटर बोट दुर्घटना, तीनको मृत्यु, पाँच बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ९ आइतबार |

काठमाडौँ, ८ कात्तिकः धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

    भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटर बोट दुर्घटनामा परेको हो । सो घटनामा तीन जना बेपत्ता भएका छन् । उक्त मोटर बोटमा १६ जना सवार रहेको अनुमान गरिएको छ । 

    उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनीबाट पाँच गोताखोरसहित नौ, सुरक्षा वेश रामपुरबाट छ र विपद् व्यवस्थापन वेश चतराबाट नौ जनाको टोली खटिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan