एनपिएल क्रिकेटः कर्णालीले काठमाडौँलाई दियो १८१ रनको चुनौतीे
काठमाडौँ, १६ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रनको योगफल बनायो ।
कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २२ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४४ रनको योगदान दिएका हुन । त्यसैगरी मोहम्मद हुसेन तलातले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे ।
पवन शर्राफले अविजित ३० रन बनाउँदा गुल्सन झाले २० तथा मार्क वाटले १७ रन बनाए । बलिङतर्फ काठमाडौँका करण केसीले दुई विकेट लिए भने साहब आलम, सन्तोष यादव, जहान्दाद खान र देव शाहले समान एक ÷एक विकेट लिए ।
काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

