Wednesday 21st of October | २०८३ कार्तिक ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ५ बुधबार |

काठमाडौँ, ३ कात्तिकः बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने तथा मन्दिर र आसपासका क्षेत्रमा गरिएको झिलिमिली बत्तीको सजावट अवलोकन गर्न आउने सर्वसाधारणको भीड लागेको छ ।

दशैंको उल्लाससँगै मन्दिर परिसर र आसपासका क्षेत्रमा गरिएको आकर्षक सजावटले वातावरणलाई थप रमणीय बनाएको छ । साँझपख झिलिमिली बत्ती हेर्न, तस्बिर खिच्न तथा परिवार र आफन्तसँग समय बिताउन आउनेको चहलपहल बढेको छ । ज्ञानेश्वर ओरालोदेखि मैतीदेवी  मन्दिर हुँदै पुरानो प्रहरी बिटसम्म सडकमाथि  र दायाँबायाँ बिजुलीको झिलीमिली सजाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मैतीदेवी मन्दिरमा दसैँका बेला विशेष चहलपहल हुने गर्दछ। भक्तजनले मन्दिरमा पूजाआजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan