Saturday 24th of October | २०८३ कार्तिक ८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ८ शनिबार |

काठमाडौँ, ७ कात्तिकः वेष्ट इण्डिजका क्रिकेटर शेरफन रदरफोर्डले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।

    सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप मजबुत हुने प्रतिक्रिया दिनुभएको छ ।  

    “रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ । उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, खड्काले भन्नुभयो ।

    अठ्ठाइस वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेट प्रारूपमा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले वेष्ट इण्डिजबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तरराष्ट्रिय खेल खेल्दै क्रमशः ८७३ र एक हजार १२३ रन बनाएका छन् ।
 
    यस्तै, आज नै जनकपुर बोल्ट्सले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई अनुबन्ध गरेको छ । चौबिस वर्षीय साह पाकिस्तानको घरेलु क्रिकेटसँगै पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत खेलिसकेका बलर हुन् ।  

    उनले सन् २०२६ को पिएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा १७ विकेट लिएका थिए । त्यसपछि साहले यही वर्षको सिपिएलमा जमैका किङ्समेनबाट खेल्दै १३ खेलमा १६ विकेट लिए । उनी प्रतियोगितामा संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए ।
 
    विदेशी लिगको रूपमा एनपिएल उनका लागि दोस्रो प्रतियोगिता हुनेछ । एनपिएलको तेस्रो संस्करण आगामी सोमबारदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan