Saturday 24th of October | २०८३ कार्तिक ८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ८ शनिबार | (रासस/एएफपी)

उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो ।

    वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए ।

    दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ ।

    एसएफ–२६० हल्का विमान हो, जसलाई फिलिपिन्स वायुसेनाले पाइलट प्रशिक्षणका लागि प्रयोग गर्दै आएको छ ।

    यसअघि गत मे २० मा पनि उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एउटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan