Friday 23rd of October | २०८३ कार्तिक ७ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ७ शुक्रबार | क्विटो, ६ कात्तिक (रासस/एएफपी) :

इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार जनाको मृत्यु भएको हो ।

    इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका छन् । उनीहरूले जेलबाटै हत्या र जबर्जस्ती असुलीजस्ता आपराधिक गतिविधिको आदेश दिने गरेका छन् ।

    अधिकारीहरूले पछिल्लो झडपमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई अधिकतम सुरक्षा व्यवस्था भएको ‘एल एन्कुएन्ट्रो’ कारागारमा सारिने बताएका छन् । राष्ट्रपति डानियल नोबोआको सरकारले देशका सर्वाधिक खोजीमा रहेका अपराधीलाई राख्न उक्त कारागार निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan