Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस

 चितवन, १२ कात्तिकः दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गत असोज २३ गतेदेखि निकुञ्जभित्र जिप सफारी सुरु भएसँगै दसैँको समयमा स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सो समयमा ११ हजार ८९१ जना नेपाली, सात हजार ३६५ जना विदेशी तथा ८३१ जना सार्क मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । 

    निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् । विशेषगरी एकसिङ्गे गैँडा, पाटेबाघ, हात्ती, भालु, घडियाल गोहीलगायतका वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् ।

    दसैँका समयमा निकुञ्ज घुम्न आउने पर्यटकबाट रु एक करोड ७३ लाख ४४ हजार ६५० राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । नेपाली पर्यटकबाट रु १७ लाख ८३ हजार ६५०, सार्क मुलुकका पर्यटकबाट रु आठ लाख ३१ हजार र तेस्रो मुलुकका पर्यटकबाट रु एक करोड ४७ लाख ३० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

    निकुञ्जभित्र वर्षात्का समयमा जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा भने जिप तथा हात्ती सफारी यथावत् रूपमा सञ्चालन हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा, मेघौलीबाट ११ वटा, अमलटारीबाट आठ वटा र माडीबाट एउटा जिप निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यो समयमा दुर्लभ पाटेबाघसमेत देखिएपछि निकुञ्ज सफारीमा पर्यटकको आकर्षण थप बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan