खुला कराते शनिबारदेखि
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |
काठमाडौं । नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा दोश्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् ।
मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा हुने प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ । दुईदिने प्रतियोगिताका खेलहरु चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा खेलाइने छ ।

