Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

काठमाडौं :  ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर, ललितपुर महानगरपालिका- १४ नखिपोट बस्ने ६० वर्षीय प्रेम नारायण खनाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न वहानामा पीडितहरूबाट पटक-पटक गरी जम्मा ५ करोड ८० लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan