सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |
काठमाडौँ, १८ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ, भने चाँदीको मूल्य रु २० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम थियो ।

