Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकारहरुलाई खेलकुद समाचार लेखनसम्बन्धी अभिमुखीकरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

कर्णाली, १८ कात्तिकः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर सुर्खेतका पत्रकारहरुलाई खेलकुद समाचार लेखनसम्बन्धी अभिमुखीकरण गरिएको छ । 

    नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद् प्रचारप्रसार उपसमितिको आयोजनामा आज वीरेन्द्रनगरमा अभिमुखीकरण गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले १०औँ  राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने विभिन्न खेलका बारेमा आयोजना गरिएको अभिमुखीकरणले खेल समाचार सम्पे्रषण गर्न मद्दत पुग्ने बताउनुभयो । 

    मन्त्री मल्लले भन्नुभयो, “प्रतियोगिता मुलतः कर्णालीको प्रतिष्ठासँग जोडिएको खेलकुद क्षेत्रको महाकुम्भ मेला हो । यसलाई भव्यताका साथ सम्पन्न गर्नु हामीसबैको साझा दायित्व हो । प्रदेश सरकार सबै खेलाडीलाई आवासदेखि खेल खेल्ने वातावरण सहज बनाउने गरी तयारीमा जुटेको छ ।”

    राष्ट्रिय खेलकुद परिषद् प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले आगामी मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मीलाई अनुरोध गर्नुभयो । अब विवाद तथा गुनासो गर्ने कसैलाई छुट नभएको उल्लेख गर्दै उहाँले आफ्नो कर्तव्य एवं जिम्मेवारी सम्झेर आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । 

    नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले पत्रकार तथा आयोजकबीच समन्वयको आवश्यकता भएको बताउनुभयो । आगामी दिनमा सहकार्यको वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका अध्यक्ष मधुवन बिसीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता व्यापक प्रचारप्रसार तथा सकरात्मक सन्देश प्रवाह गराउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् प्रचारप्रसार उपसमितिसँगको समन्वयमा अभिमुखीकरण गरिएको बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan