Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

पाल्पा, ९ कात्तिक : स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । 

घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । प्रहरीले सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ ।

बल्घाबाट कटौजेतर्फ गइरहेको लु प्र ०१००१ ह २४४४ नम्बरका अटोमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ । अटो अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan