Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा पोखरामा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | (रासस)

कास्की, १० कात्तिकः सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश बोकेर प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट सुरु भएको मेची–महाकाली गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार  पोखरा आइपुगेको छ ।

    मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार मुक्तिनाथ मन्दिरबाट यही कात्तिक ८ गतेदेखि सुरु भएर पोखरा आइपुगेको रथयात्राका क्रममा धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा विशेष कार्यक्रम गरी स्वागत गरिएको थियो ।

    सो अवसरमा भक्तजन तथा दर्शनार्थीहरुको घुँइचो लागेको थियो । यात्रको दोस्रो दिनमा बाग्लुङको पञ्चकोट–बाग्लुङबजार–मालढुङ्गा–कुश्मा–नौडाँडा–हेमजा हुँदै विन्ध्यवासिनी मन्दिरमा स्वागत कार्यक्रम गरिएको थियो । त्यसपछि पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सन्तसेवाश्रम रामघाटमा रात्रि विश्राम गरिएको छ ।

    पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्दै आम नेपालीमा धार्मिक आस्था, आध्यात्मिक चेतना र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको मुुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी श्रीकृष्ण प्रपन्नाचार्यले बताउनुभयो । उहाँले कात्तिक महिनाभर रथयात्रा सञ्चालन हुने जानकारी दिनुभयो ।

    “रथयात्राले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै तीर्थस्थलबीचको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा समेत योगदान पु¥याउनेछ ।” उहाँले भन्नुभयो । कात्तिक मसान्तमा रथयात्राको समापनपछि आगामी मङ्सिर १ देखि २९ गतेसम्म त्रिवेणीधाममा गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
 
    “ऐतिहासिक विशाल धन्याचल महायज्ञमा २५ फिट अग्लो विशाल सिद्धीस्तम्भ (मौलो) स्थापना गरिनेछ र हजारौँ धान्यप्रदाताहरुबाट धान अर्पण गरी परिपूर्ण गरिनेछ । कृषकको सम्मान, कृषिको प्रवर्द्धन र सनातन संस्कृतिको संरक्षणका लागि सबै जना सहभागी हुनुहुनेछ ।” स्वायमी प्रपन्नाचार्यले भन्नुभयो । 

    विराट महायज्ञमा विशाल धन्याचलसहित अष्टाचल, श्रीराम अभिमन्त्रित चामलका साथमा चार वेद १८ पुराणसहित वैदिक सत्शास्त्रहरुको पारायण, हवन, कथाप्रवचन, भजन सङ्गीत, गौपूजन, दैनिक १०८ कन्यापूजन, बटुकपूजन, पाँच करोड दीपप्रज्वलन र वैदिक सनातन धर्म महासम्मेलनलगायतका कार्यक्रम राखिएको छ । 

    विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका महासचिव सुशीला बराल रेग्मीले ऐतिहासिक धार्मिक सम्पदा विन्ध्यवासिनीमा रथयात्राको स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा यसबाट टेवा पुग्ने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan