कुरिनटारमा ट्रक, बस र माइक्रो ठोक्किए, ११ जना घाइते
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |
चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार बिहान ८ः४५ बजे तीनवटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ११ जनाको अवस्था, पहिचान तथा दुर्घटनाको विस्तृत विवरण खुल्न बाँकी छ।
पृथ्वी राजमार्गको उक्त सडकखण्डमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

