Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

काठमाडौँ, ९ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको एनपिएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिनुभयो ।

    आजदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ । उक्त प्रतियोगितामा जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका प्रहरी कार्यालय तथा सम्बन्धित तालुक कार्यालयबाट प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता थापाले बताउनुभयो ।

    उहाँका अनुसार मुख्य प्रवेशद्वारमा ७० जना, दोस्रो गेटमा २०६ जना, तेस्रो गेटमा २११ जना र चौथो गेटमा २०६ जना प्रहरी खटाइएको छ । यस्तै, सादा पोशाकमा ४० जना, पार्किङ क्षेत्रमा १५ जना तथा अन्य विभिन्न जिम्मेवारीमा प्रहरी परिचालन गरिएको छ ।

    प्रतियोगिता अवधिभर खेलाडी, दर्शक तथा अन्य सरोकारवालाको सुरक्षा सुनिश्चित गर्न र खेलकुद गतिविधिलाई व्यवस्थित तथा मर्यादित बनाउन प्रहरी परिचालन गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan