Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बागमती प्रदेशमा दुर्घटना घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

चितवन, ११ कात्तिक ः बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ । गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना कमी आएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार यस वर्ष विजयादशमी अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म १२५ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

विसं २०८२ को दसैँमा बागमती प्रदेशका १० जिल्लामा सोही समयमा १३५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो वर्ष भएका दुर्घटनामा परी ३३२ जना घाइते भएका थिए । यस वर्षमा भएको दुर्घटनामा परी २९३ जना घाइते भएका छन् ।

यस वर्ष चार्डपर्वको समयमा सिन्धुलीमा सुमो दुर्घटना हुँदा ठूलो क्षति भएको उहाँले जानकारी दिनुभयो । सो दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन् । यस वर्षको दसैँमा काभ्रेपलान्चोकमा बढी दुर्घटना भएको उहाँले बताउनुभयो । सारुका अनुसार यस वर्षको दसैँको समयमा ९८ वटा दुर्घटना मोटरसाइकलका कारण भएको छ । ती दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ । मोटरसाइकलबाट हुने दुर्घटनाको जोखिम बढ्दै गएको उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan