Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाङमा रगत अभाव

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार |

तुलसीपुर (दाङ), १२ कात्तिकः पछिल्लो समय दाङमा रगत अभाव देखिएको छ । जिल्लाको तुलसीपुर, घोराही र लमहीको रक्तसञ्चार केन्द्रमा रहज रुपमा रगत पाउन मुस्किल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख विश्राम अधिकारीले जानकारी दिनुभयो ।
 
    ती रक्तसञ्चार केन्द्रमा रगत नहुँदा समस्या भएको उहाँले बताउनुभयो । “चाडपर्वका समयमा सधैँ नै अभाव हुन्छ, यो वर्ष पनि रगत अभाव भयो, रक्तसञ्चार केन्द्रमा रगत छैन”, उहाँले भन्नुभयो, “दाता पनि यस्तो बेला भेटाउन गाह्रो हुन्छ ।” विभिन्न सङ्घसंस्थालाई आह्वान पनि रगत सङ्कलन नहुँदा समस्या भएको छ । 

    यस्तो अवस्थामा विभिन्न सङ्घसंस्था र रक्तदाताहरुले सामाजिक उत्तरदायित्व सम्झेर रक्तदान गर्नुपर्नेसमेत उहाँको भनाइ छ । “यस्तो समयमा माग झन धेरै हुन्छ”, उहाँले भन्नुभयो, “तर, अभाव नै हुँदा बिरामीको ज्यान जान सक्छ, यो कुरामा सबैले ध्यान दिनुपर्छ ।”

    दाङमा थारु समुदायमा देखिने सिकलसेल एनेमिया र थैलेसिमियाजस्ता रोगका कारण पनि रगत खपत निकै उच्च छ । ती रोगका बिरामीलाई नियमित रूपमा रगत चढाइरहनुपर्ने भएकाले जिल्लाभर वार्षिक रूपमा पाँच हजारदेखि छ हजार युनिटसम्म रगतको माग र खपत हुने गरेको छ ।
    
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रक्तसञ्चार केन्द्रमा सबैभन्दा धेरै अर्थात् वार्षिक तीन हजार ७०० युनिटभन्दा बढी रगत खपत हुँदै आएको छ ।  

    यस्तै, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा वार्षिक दुई हजार १०० युनिटभन्दा बढी र लमही क्षेत्रमा करिब एक हजार युनिट रगत खपत हुने गरेको जानकारी दिइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan