Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | (रासस/एएनआई)

इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । विपक्षी दलहरूले ६७ सिट पाए पनि उनीहरूबीचको विभाजनले सरकार गठन चुनौतीपूर्ण बनेको छ ।

    ‘द टाइम्स अफ इजरायल’ का अनुसार विपक्षी यहुदी नेतृत्वका दलले ४८ र अरब नेतृत्वका दलले १९ सिट प्राप्त गरेका छन् । यहुदी नेतृत्वका अधिकांश विपक्षी दल अरब नेतृत्वका दलसँग सहकार्य गर्न अनिच्छुक छन् । सैनिकसहितका मतदाताको बाँकी मतगणनाले अन्तिम परिणाम बदल्न सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन् ।

    विपक्षी नेता गदी आइसेनकोटले परिणामले नेतान्याहु सरकारप्रति जनताको अविश्वास देखाएको बताउँदै परिवर्तन र अनिवार्य सैनिक सेवाप्रति प्रतिबद्ध सरकार गठनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    यसैबीच, डेमोक्रेट्सका अध्यक्ष यायर गोलनले सरकार गठनका लागि विपक्षी दलका नेताहरूसँग वार्ता अघि बढाउने बताउनुभएको छ । उहाँले अरब दलहरूलाई समेत गठबन्धनमा समेट्नुपर्ने धारणा राख्दै विवादास्पद न्यायिक सुधार रोक्न र युवामा भविष्यप्रतिको आशा जगाउन नयाँ सरकार आवश्यक रहेको बताउनुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan