Monday 2nd of November | २०८३ कार्तिक १६ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १६ सोमबार | रासस/एएनआई

अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ ।

    टेक्सासमा जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई ५०–४३ प्रतिशत, कन्सासमा क्रिस ह्यामिल्टनले रोजर मार्सललाई ४९–४४ प्रतिशत र मेनमा ग्राहम प्लाटनरले सुसान कोलिन्सलाई ५१–४५ प्रतिशतले पछाडि पार्नुभएको छ । ओहायोमा सेरोड ब्राउन र अलास्कामा मेरी पेल्टोला पनि आफ्ना रिपब्लिकन प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । आयोवामा डेमोक्रेट जोश टुरेकले ४८ र रिपब्लिकन एस्ले हिन्सनले ४७ प्रतिशत समर्थन पाउनुभएको छ । मिशिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सायेद ५३ प्रतिशतसहित अगाडि हुनुहुन्छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको असन्तुष्टि र बढ्दो जीवनयापन खर्च चुनावका प्रमुख मुद्दा बनेका छन् । सर्वेक्षण गरिएका सात राज्यमा ट्रम्पको कार्यसम्पादनलाई ३८ प्रतिशतले मात्र समर्थन गरेका छन् । जीवनयापन खर्चको मुद्दामा डेमोक्रेटहरूले रिपब्लिकनमाथि नौ प्रतिशत अङ्कको अग्रता लिएका छन् ।

    सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटहरूले रिपब्लिकनका कम्तीमा चार सिट जित्नुपर्नेछ । नोभेम्बर ३ मा हुने चुनावमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । सर्वेक्षणले डेमोक्रेटहरूलाई सिनेटको नियन्त्रण प्राप्त गर्ने सम्भावना देखाए पनि अन्तिम नतिजा मतदाताको निर्णयमा निर्भर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan