Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री थापा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)
newsabhiyan

बागमती, १७ कात्तिकः बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उहाँले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिनुभयो ।

योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन सहयोग पुग्ने बताउँदै उहाँले चिकित्सकका अनुसार नसा, थाइराइड, सुगर, प्रेसरबाट बच्नका लागि योगको महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो । 

मुख्यमन्त्री थापा मगरले बिहानको समयमा मोबाइल हेर्नभन्दा कम्तीमा एक घण्टा योग साधनामा समय दिन सबै नागरिकलाई आग्रह गर्नुभयो ।

कात्तिक १३ गतेदेखि आजसम्म सञ्चालन भएको बृहत् योग विज्ञान शिविरमा दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित बनेको पतञ्जली योग समिति, मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र प्रमुख प्रशिक्षकका रुपमा रहनुभएको शिविरमा योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।

हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा प्रत्येक दिन बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म योग शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan