Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आधुनिकताका नाममा परम्परा तोडिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | रेणु त्वानाबासु/रासस
newsabhiyan

ख्वप (भक्तपुर), १८ कात्तिकः आधुनिकताका नाममा  क्रमशः परम्परा तोडिँदै गएको ज्वलन्त उदाहरण भक्तपुरमा देख्न सकिन्छ । 

दिपावली अर्थात् उज्यालोको पर्व– तिहारमा बालिने माटोको दियो ‘पालाचा’ को सट्टा आधुनिक तर, महँगो प्लास्टिकका दियोको प्रयोग यहाँका स्थानीयले गर्न थालेपछि परम्परा तोडिँदै  गएको हो । 

नेवारी भाषामा पालाचा भनेको माटोबाट तयार पारिने दियो हो । दियो दुई प्रकारका हुन्छन् । एउटा पोलेको र अर्को नपोलेको (काँचो) । पहिला÷पहिला  काँचो दियो (पालाचा) को प्रयोगको माग वढी हुन्थ्यो  अहिले पोलेको दियोको  माग बढेको छ ।

भक्तपुरका कुमालेहरु दसैँमा दही राख्ने माटोको भाँडालगायतका भाँडा बनाउने र तिहारको समयमा पालाचा बनाउने गरेको बताउँछन् । माटोका भाँडाकँुडा बनाउने मानिसहरुलाई कुमाले भनिन्छ । 

पहिलापहिला पालाचाको धेरै व्यापार हुने गर्दथ्यो ।  तर, आजभोलि यसको माग कम हँुदै गएको छ, अर्का कुमाले रामेश्वर प्रजापतिले भन्नुभयो । 
 
अहिले आधुनिक दियो र बत्तीहरु बजारमा आएकोेले यसको माग कम भएको हो । पालाचा बनाउन पहिला÷पहिला  चखाः को प्रयोग हुन्थ्यो, भने अहिले मेसिनको प्रयोग हुन्छ । अहिले माटो मुछ्ने मेसिन भएकोले काम गर्न सजिलो भएको छ । 
    
भक्तपुरको सूर्यमढीका कृष्ण प्रजापति २०७२ सालको भूकम्पपश्चात् माटोको काम गर्न गा¥हो भएको सुनाउनुहुन्छ । एक त खुला स्थानको अभाव, अर्को काँचो पालाचा पोल्ने ठाउँ नहुँदा धेरै समस्या भएको उहाँले बताउनुभयो । 
    
जसोतसो भाँडा पोल्ने गरिरहेका छौँ, तर छरछिमेकमा धुवाँधुलो उड्यो भनेर गुनासो सुन्नुपर्ने हुन्छ, उहाँले बताउनुभयो । सानो आकारको पालाचा भएको हुँदा बनाउन र सुकाउन त्यति झन्झट छैन । 

अहिले पालाचा बनाउनको लागि माटोको समस्या रहेको उहाँले बताउनुभयो । पहिला पहिला माटो निशुल्क पाइथ्यो, तर अहिले माटो किन्नुपर्ने हुन्छ, उहाँले जानकारी दिनुभयो । 
    
प्रायः माटो नै पाउन मुस्किल छ । अब पालाचाको प्रयोग गर्नेले आधुनिक बिजुलीका दियोको प्रयोग बढाउँदै गएकाले क्रमशः भक्तपुरमा पालाचाको प्रयोग बन्द हुन्छ होला ! उहाँले भन्नुभयो ।

 पहिला भए एक रुपैयाँको काँचो दियो पाँच वटासम्म पथ्र्यो भने अहिले एउटा पालाचाको करिब दुई रुपैयाँ पर्ने भएको उहाँले बताउनुभयो ।
    
भक्तपुरमा माटोको भाँडा बनाउने प्रजापतिहरु धेरै सङ्ख्यामा सूर्यमढी र पोटरी स्क्वायरमा बसोबास गर्छन् । 

भक्तपुरमा थर अनुसारको काम गर्ने चलन छ । प्रजापति थर भएकोले माटोका भाँडाकँुडा बनाउने काम गर्छन् ।
 
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आयातित  पालाचा महँगो भएकाले भक्तपुरवासीले प्रयोग नगर्ने बताउनुहुन्छ । 

उहाँले नगरपालिकाले  युवालाई सेरामिक्सबाट तयार हुने माटोका भाँडाकँुडा प्रयोगमा आर्कषित गर्ने नीति लिएको बताउनुभयो । 

परम्परागत पेसालाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोड्दै अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्लास्टिकका सामानले माटोका भाँडाको स्थान लिँदै जाँदा परम्परागत पेसामा आबद्ध व्यक्तिको रोजगारी गुम्ने खतरा बढेको उहाँंले बताउनुुभयो ।

नगर प्रमुख प्रजापतिले सिरामिक्सको राम्रो सम्भावना बोकेको देशकै महत्वपूर्ण स्थान भक्तपुर भएको बताउँदै परम्परागत सीपलाई आधुनिकतासँग जोडेर अगाडि बढाउन नसके परम्परागत कला र सीप ओझेलमा पर्ने सम्भावना रहेको जानकारी दिनुभयो । 

भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व युवाहरूमा आफ्नै देशमा सम्भावना खोज्नेभन्दा परनिर्भर सोच बढ्दै गएको बताउनुहुन्छ । आफूमा भएको सीप र क्षमताको सदुपयोग गरी समाज र परिवारका लागि धेरै काम गर्न सकिने उहाँले बताउनुभयो । 

आफ्नो सीप र रुचिसम्बन्धी कामलाई निरन्तरता दिँदै अगाडि बढे त्यसले दक्षता विकास गर्न मद्दत पुग्ने बताइन्छ ।  

नेपाल सेरामिक्स आर्टिसट सोसाइटीका अध्यक्ष रमेश प्रधानले परम्परागत सिरामिक्स कलालाई आधुनिकतासँग जोड्ने, आधुनिक सिरामिक्स कलाको विकास गर्ने तथा कला र संस्कृतिसँग जोडेर यस क्षेत्रलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो । 

साथै, नयाँ कलाकारलाई सीप सिकाउँदै सिर्जनशील कार्यमा प्रेरित गर्नु आफूहरुको प्रमुख लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 

भक्तपुरको कृष्णसुन्दर प्रजापतिले १३ वर्षको सानो उमेरदेखि नै माटोको भाडा बनाउने काम थाल्नुभएको थियो । तर उहाँ अहिले आफनो छोराछोरीलाई यो काम गर्न नदिने बताउनुहुन्छ । 
    
भक्तपुरमा माटोको भाँडा बनाउने अर्का कुमाले लक्ष्मण प्रजापतिले सञ्चारसंस्थामा आए जस्तो आफूहरुको व्यापार उत्साहजनक नरहेको  बताउनुहुन्छ । 

माटोको भाँडा बनाउने  काममा समस्याको पहाड भएको उहाँ बताउनुहुन्छ ।  भक्तपुरमा बनाइएको पालाचा भक्तपुरवासीले नै किन्दैनन्, उहाँं दुःख व्यक्त गर्नुहुन्छ ।

पालाचा महँगो भयो भनेर आधुनिक दियो बाल्ने गरेको उहाँ बताउनुहुन्छ । आजभोलि पालाचा पनि काम चलाउनको लागि मात्र किन्ने गरेको उहाँले बताउनुभयो । 

भक्तपुरवासीलाई  पालाचा बनाउने भए एक हप्ता बनाएको पालाचा पनि बढी हुने उहाँले सुनाउनुभयो । काठमाडौँ, ललितपुर, बनेपा तथा उपत्यका बाहिर निर्यातका लागि भक्तपुरमा पालाचा लिन आउने गरेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan