Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार | रासस

 

कञ्चनपुर, १० कात्तिकः कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

 

प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आगामी मङ्सिर ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । 

 

क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगितामा पुरुषतर्फ पालिकास्तरीय फुटबल र महिलातर्फ खुला फुटबल प्रतियोगिता सञ्चालन गरिने जानकारी दिनुभयो । “यो क्षेत्र फुटबलको केन्द्र हो यहाँबाट थुप्रै खेलाडीले विभिन्न उमेर समूहमा राष्ट्रिय लिगमा खेलिसकेका छन्”, उहाँले भन्नुभयो । उहाँले क्लबले हरेक प्रतियोगितामा पुरस्कार राशि बढाउँदै गएको बताउनुभयो । 

 

प्रतियोगितामा पुरुषतर्फ विजेताले रु तीन लाख नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी महिलातर्फ विजेताले रु ५० हजार र उपविजेताले रु २५ हजार नगद पुरस्कार र ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षकलाई ,उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही रु १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान गर्न र फुटबलको विकासमा योगदान पुर्‍याउने अपेक्षा आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan