Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-१० बस्ने झापा मेचीनगर नगरपालिका-६ घर भएका ४४ वर्षीय संजय सुवेदी र चितवन राप्ती नगरपालिका-१ घर भएका ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन् । 

पक्राउ मध्ये संजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र मधुमालतीले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan