Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |
newsabhiyan

काठमाडौँ, १० कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

 कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो । उसका लागि ओपनर डेविड मलानले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् ।

  यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालङ्काले १/१ विकेट लिए । जारी संस्करणमा विराटनगर र चितवन पहिलो खेल खेलिरहेका छन् । आज नै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् ।

जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । जारी सिजनको एनपिएलमा पनि आठवटा टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan