दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ हुँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |
काठमाडौं । दीपक भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा शुक्रबार सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले भट्टको रिट सुनुवाइका लागि न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकेको छ।
शुक्रबार उक्त संयुक्त इजलासमा भट्टको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुने कार्यसूची रहेको छ।
बन्दीप्रत्यक्षीकरण रिट व्यक्तिको गैरकानुनी थुना वा हिरासतविरुद्ध उपचार माग गर्दै अदालतमा दायर गरिने कानुनी निवेदन हो। यस रिटमाथिको सुनुवाइबाट अदालतले थुनाको कानुनी वैधताबारे निरूपण गर्नेछ।

