Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | रासस

काठमाडौँ, १३ कात्तिकः विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ ।

    लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक तथा हवाई यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको छ ।  

    कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले आन्तरिक तथा बाह्य पर्यटक तथा हवाई यात्रुलाई लक्षित गरी कम्पनीले सहज र सुरक्षित रुपमा दिवा तथा रात्रिकालीन यातायात सेवा प्रदान गर्दै आइरहेको राससलाई जानकारी दिनुभयो ।

    उहाँले दैनिक झण्डै चार हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो । हाल उक्त कम्पनीले २०८ पर्यटकीय सवारी साधनमार्फत पर्यटकलाई यातायात सेवा प्रदान गर्दै आएको छ ।
    नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्वपूर्ण योगदान रही आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउँदा उहाँहरुको नेपाल बसाइ थप सहज र सुखद बन्न सहयोग पुग्ने अध्यक्ष सिम्खडाले बताउनुभयो ।

    पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर रुपमा काम गर्दै आएको उहाँको भनाइ छ ।

    पछिल्लो समय भने निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रुपमा भाडामा मान्छे बोक्दा व्यवसायी थप समस्यामा परेको उहाँले बताउनुभयो ।

    विसं २०६७ मा स्थापना भएको उक्त कम्पनीले हाल ४५० भन्दाबढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan