Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्रकार पक्राउमा प्रधानमन्त्रीको सचिवालयको संलग्नता छैन : जानकारी पाएलगत्तै रिहा गर्न निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार |

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्रीको सचिवालयको स्पष्टीकरण, नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न निर्देशन

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीलाई समाचार कक्षबाटै नियन्त्रणमा लिइएको घटनाबारे प्रधानमन्त्रीको सचिवालयले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रकार पक्राउ प्रकरणमा कुनै पनि संलग्नता नरहेको र घटनाबारे पूर्वजानकारीसमेत नभएको सचिवालयले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको सचिवालयको भनाइ छ ।

समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिइएको घटनाले प्रेस स्वतन्त्रता र सरकारको अभिव्यक्ति स्वतन्त्रताप्रतिको प्रतिबद्धताबारे प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको सचिवालयको यो स्पष्टीकरण आएको हो ।
सचिवालयको भनाइले प्रधानमन्त्रीको जानकारी र निर्देशनबिनै पत्रकार पक्राउको घटना भएको संकेत गरेको छ । तर पत्रकारलाई पक्राउ गर्ने निर्णय कसले, कुन आधारमा र कुन निकायको निर्देशनमा गरेको हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।

प्रेस स्वतन्त्रताको संवैधानिक प्रत्याभूति केवल वक्तव्य र प्रतिबद्धतामा सीमित हुनुहुँदैन । पत्रकारमाथि भएको धरपकडको वास्तविक कारण सार्वजनिक गर्ने, जिम्मेवार निकायको जवाफदेहिता सुनिश्चित गर्ने र कानुनी प्रक्रियाको पालना गराउने दायित्व अब सम्बन्धित सरकारी निकायको काँधमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan