Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

काठमाडौँ, १७ कात्तिक : सडक डिभिजन इलामले लामो समयदेखि अलपत्र अवस्थामा रहेको अर्को एक सडक तथा पुल निर्माणको ठेक्का सम्झौता रद्द गरेको छ।

डिभिजनले मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) अन्तर्गत इलाममा पर्ने सुखानी पक्की पुल निर्माणको ठेक्का अन्त्य गरेको हो।

करिब १४ वर्ष ४ महिनाअघि सम्झौता भएको उक्त पुल निर्माणको काम निर्माण व्यवसायीले करिब ११ वर्षदेखि पूर्ण रूपमा अलपत्र पार्दै आएको थियो। निर्माण व्यवसायीले कार्यस्थल छाडेपछि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन।

साथै काम नगर्ने निर्माण व्यवसायी स्काई-अजम्वर-शिवराम जेभी, काठमाडौंलाई कालोसूचीमा राख्ने सिफारिस लगायतका अन्य सम्झौता र खरिद कानुन बमोजिमका कारबाही अगाडि बढाएको छ। 

कुल रु. १ करोड ६२ लाखको उक्त महत्त्वपूर्ण पुल बनाउने जिम्मा लिएको उक्त जेभीले करारीय दायित्व पुरा नगरी लामो समयसम्म साइट छोडेको थियो। अब कुनै पनि सम्झौतालाई अनिर्णयको बन्दी बन्न दिइने छैन। निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पुरा नगरे सक्षम सरकारी निकायले आफ्नो दायित्व पुरा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan