Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

काठमाडौँ, १७ कात्तिकः  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई सरल, सहज र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन संशोधन गर्न लागिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको  कानुन, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा उहाँले दूरदराजमा स्नातक तह उत्तीर्ण गरेका मेलमिलापकर्ता उपलब्ध नभएमा कम्तीमा माध्यमिक तह उत्तीर्ण व्यक्तिले पनि मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

उहाँले फौजदारी कानुन आकर्षित हुने विषयबाहेक वाणिज्य, व्यापार तथा व्यक्तिगत प्रकृतिका विवाद मेलमिलापबाट समाधान गर्न सकिने बताउनुभयो ।

मेलमिलापबाट विवाद समाधान गर्दा समय र खर्च घट्नुका साथै दुवै पक्षलाई चित्त बुझ्दो न्याय निरूपण गर्न सहज हुने उहाँको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan