Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्बाट सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)

दाङ, १७ कात्तिकः लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को शासकीय सुधार तथा सुशासनसम्बन्धी वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र द्वन्द्व, जनआन्दोलन, मधेस आन्दोलन र जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको उपचारसम्बन्धी कार्यविधि, २०८३ पनि स्वीकृत गरेको छ ।

    प्रदेश सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले बैठकले प्रदेश सरकारअन्तर्गत तथा सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी कार्यविधि, २०८३ पारित गरेको जानकारी दिनुभयो ।

    बैठकले प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । निजी वनका रुख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि भने सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको उहाँले बताउनुभयो ।

    त्यस्तै, लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नीता पोखरेल अर्याललाई तोक्ने निर्णय भएको छ ।

    पर्यटन विकास परिषद्को आर्थिक तथा प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी प्रशासन अधिकृत माधव शर्मालाई दिने निर्णय पनि बैठकले गरेको छ ।

    बैठकले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत डा कृष्णहरि सुवेदी र सामाजिक विकास निर्देशनालय, राप्ती उपत्यका (देउखुरी) मा कार्यरत सहसचिव दिवाकर भण्डारीको अनिवार्य अवकाश स्वीकृत गरेको छ ।

    लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा कार्यरत डा प्रताप पोखरेलको स्वेच्छिक राजीनामा पनि स्वीकृत गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan