Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बजेट सम्बन्धमा छलफल गर्न कांग्रेस तयार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

सुदूरपश्चिम, १८ कात्तिकः नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले बजेटका सम्बन्धमा छलफल गर्न तयार भएको जनाएको छ । 
     
उक्त दलले मन्त्रिपरिषद्बाट अत्यावश्यक तथा अनिवार्य दायित्वका कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरी प्रदेशसभालाई जानकारी गराएको खण्डमा मात्रै बजेटका विषयमा छलफल गर्न तयार हुने बताएको हो । 
     
आज धनगढीमा बसेको संसदीय दलको बैठकले सरकारको अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट कर्मचारीको तलब, अस्पताल सञ्चालनलगायत अत्यावश्यक तथा अनिवार्य दायित्वका कार्यक्रम मात्रै कार्यान्वयन गर्ने निर्णय गर्नुपर्ने र त्यसो भएमा छलफल गर्न तयार हुने निर्णय गरेको हो । 
    
संसदीय दलका नेता कमलबहादुर शाहले बैठकले मन्त्रिपरिषद्बाट अत्यावश्यक काम तथा योजनामा मात्र खर्च गर्ने र बाँकी सबै बजेट कार्यक्रम तथा खर्च कार्यान्वयन नगर्ने निर्णय भएमा बजेटका विषयमा छलफल र संवाद गर्न तयार रहेको बताउनुभयो ।

उहाँले यसअघि सरकारको राजीनामा माग गर्ने निर्णय भइसकेकाले बजेटको विषयलाई लिएर प्रदेशसभामा जारी गतिरोध अन्त्यका लागि सभामुखसँग भएको संवादका आधारमा यस्तो निर्णय गरिएकोको जानकारी दिनुभयो । 

“आज सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । हामीले उठाएका विषयको निरुपण नभएसम्म बजेटसम्बन्धी कुनै प्रक्रियामा सामेल हुँदैनौँ”, नेता शाहले भन्नुभयो, “अर्थमन्त्री र सभामुख दुवैले बजेटमा गलत भएको छ । सुधार्न तयार छौँ भनेर सदनमै बोल्नुभएको छ, तर मन्त्रिपरिषद्ले त्यसबारे कुनै निर्णण गरेको भए जानकारी दिनुपर्छ। त्यसपछि थप कुरा हुन्छ ।”

कांग्रेस संसदीय दलको बैठकले तत्काल प्रदेशसभाको बैठक बोलाउन सभामुखलाई आग्रह गर्नेसमेत निर्णय गर्दै बाँकी विषय संसदीय प्रक्रियाबाट टुङ्ग्याउनुपर्नेमा जोड दिएको छ ।

यसअघि गत असोज २६ मा प्रतिपक्षी दलको बहिष्कारका बीच प्रदेशसभाको बहुमतले बजेट पारित गरेको थियो । बजेट विवादमा तत्कालीन मुख्यमन्त्री शाहको सरकार विघटन भएपछि गठित मुख्यमन्त्री खगराज भट्ट नेतृत्वको सरकारले ल्याएको बजेटमाथि पनि विवाद भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan