Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार |

गोरखा, १८ कात्तिकः उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । 
    
    चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिनुभयो । क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधा घण्टाको पैदल दूरीमा पहिरो गएको लामाले जानकारी दिनुभयो । 

    “क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुक्खा पहिरो झरिरहेको छ”, वडाध्यक्ष लामाले भन्नुभयो, “मङ्गलबार बिहान ११ः०० बजेतिर धुवाँ उडेर पहिरो झ¥यो । हामी १ः०० बजेतिर गएर हेरेर फक्र्यौं । फेरि अहिले गए राति उस्तैगरी झ¥यो । अहिले हेर्न जाउँ भनेर खोजेको निरन्तर झरिरहेको छ । जान सकिएन ।”

    लामाका अनुसार साकिमा डाँडाबाट सेराङ खोलासम्म ३०० मिटरभन्दा लामो पहिरो झरेको छ । “आगो फुक्दा आएजस्तो सेतो धुवाँ उडेको छ”, उहाँले भन्नुभयो, “डाँडाबाट खोलासम्मचाहिँ करिब ३०० मिटर जति छ । अहिले पनि झरिरहेकाले कति फराकिलो छ भनेरचाहिँ थाहा पाउन सकिएन ।”

     उक्त पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब ४०० जनालाई समस्या भएको छ । “गुम्बामा लामा पढ्ने विद्यार्थी २०० जना जति छन् । लामा गुरु र गुम्बाको वृद्धाश्रममा गरी २०० जना गुम्बामा छन्”, वडाध्यक्ष लामाले भन्नुभयो, “उनीहरुलाई रासनलगायत आवश्यक सामग्री उपलब्ध गराउन समस्या हुने भयो ।”

    गोरखाको हिमाली भेगतिर धमाधम सुक्खा पहिरो र हिमपहिरो झर्न थालेपछि स्थानीयबासी चिन्तित छन् । “खै अचेल हाम्रो हिमालतिर के भएको हो ?”, वडाध्यक्ष लामाले चिन्ता व्यक्त गर्नुभयो, “केही समयअघि गत असोज २५ गते सेराङ हिमालकै पूर्वी पाटोमा हिमपहिरो खसेर उङ्गिलुङ खोला थुनिएर बूढीगण्डकीमा विनाशकारी बाढी गएको थियो ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan