Wednesday 4th of November | २०८३ कार्तिक १८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सात लाख बराबरका विष्फोटक पदार्थ नष्ट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १८ बुधबार | (रासस)

वीरगन्ज (पर्सा), १८  कात्तिकः प्रहरीले रु सात लाख बराबरका पटाका, अतिशबाजी तथा ‘वेटक’ पदार्थ नष्ट गरेको छ ।

    आज जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएका विभिन्न चेकिङ टोलीले विभिन्न मिति र समयमा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सात लाख बराबरका अवैध रूपमा भित्र्याइएका पटाका, अतिशबाजी तथा अन्य विष्फोटक पदार्थलाई नष्ट गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
 
    प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा सञ्चारकर्मीको समेत उपस्थितिमा खाल्डोमा हाली पानी समेत राखी पुरी नष्ट गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan