Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | रासस
newsabhiyan

 

सुनसरी, ३० कात्तिकः गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

शनिबारदेखि धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा आयोजक स्वर्णिम क्लबका खेलाडी सजिना स्याङ्ताङले खेलको १३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले खेलको ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

 

त्यस्तै समीक्षा मगरले खेलको ३७औँ र ८६औँ मिनेटमा थप दुई गोल गरेपछि स्वर्णिम ५–० गोलअन्तरले विजयी भएको हो ।

 

आजको खेलको ‘म्यान अफ दी म्याच’ आयोजक स्वर्णिम फुटबल क्लबका खेलाडी सजिना स्याङ्ताङ घोषित भइन् । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

 

प्रतियोगिताअन्तर्गत सोमबार (आज) त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।

 

प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan