Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुदको भलिबल छनोटमा बागलुङ र पर्वत च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |

कास्की, ३० कात्तिक: आसन्न १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल छनोट प्रतियोगितामा पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजयी भएका छन् ।

    गण्डकी प्रदेश भलिबल सङ्घ र प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ बागलुङले स्याङ्जालाई तथा पर्वतले कास्कीलाई समान ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

    पुरुषतर्फको फाइनलमा बागलुङले स्याङ्जालाई २५-२३, १८-२५, २५-१९ र २५-२१ को सेटमा हरायो । त्यसैगरी महिलातर्फ पर्वतले कास्कीलाई २५-२३, २५-१०, २१-२५ र २५-१७ को सेटमा पराजित गर्दै उपाधि हात पार्‍यो ।

    गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठका अनुसार छनोट प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका महिला तथा पुरुष खेलाडीको नाम सार्वजनिक गरिनेछ । “पुरुष तथा महिलाको छनोट प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा छनोट गर्नेछौँ । छनोट भएका खेलाडीलाई केही दिन बन्द प्रशिक्षणमा राखेर राष्ट्रिय खेलकुदमा सहभागी गराउने योजना छ”, उहाँले भन्नुभयो ।

    पोखरामा दुई दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगितामा गण्डकीका नौ जिल्लाको सहभागिता थियो । छनोट प्रतियोगितामा घरेलु टोली कास्कीसहित, तनहुँ, गोरखा, बाग्लुङ, नवलपुर, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जा जिल्ला भलिबल सङ्घले प्रतिस्पर्धा गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan