Tuesday 27th of October | २०८३ कार्तिक ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलले नेपालको खेल पर्यटन र अन्तरराष्ट्रिय पहिचान बढाउँछः मन्त्री पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ मंगलबार |

काठमाडौँ, ९ कात्तिकः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताउनुभएको छ ।

    एनपिएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपिएलले अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

    उद्घाटनमा देखिएको दर्शकको उत्साहले नेपाली खेलकुदको उज्ज्वल भविष्य दर्शाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “खेलप्रेमीको अपार समर्थनले खेल क्षेत्रको बढ्दो सम्भावना र भविष्यप्रति ठूलो आशा जगाएको छ । यो आकर्षणलाई नेपाली खेल क्षेत्रको विकास र अन्तरराष्ट्रिय पहिचानसँग जोड्ने बलियो आधारका रूपमा लिएको छु ।”
    प्रतियोगिताका लागि नेपाल आएका विदेशी खेलाडी, कमेन्टेटर तथा अतिथिलाई स्वागत गर्दै मन्त्री पोखरेलले उनीहरूले नेपाली क्रिकेटका साथै यहाँको संस्कृति, प्राकृतिक सुन्दरता र आतिथ्यताको अविस्मरणीय अनुभव लैजाने अपेक्षा रहेको बताउनुभयो ।

    साथै, उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीलाई उत्कृष्ट र रोमाञ्चक प्रदर्शनका लागि शुभकामना दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan