Saturday 31st of October | २०८३ कार्तिक १४ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १३ शुक्रबार | (रासस/सिन्ह्वा)

जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

   मियाकोजिमा कोस्ट गार्ड कार्यालयलाई स्थानीय समय अनुसार बिहान करिब ८ः१५ बजे आगलागीको खबर प्राप्त भएको थियो । पछि, जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ ¥याफ्ट (बचाउका लागि प्रयोग गरिने डुङ्गा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । उनीहरू कसैलाई पनि ज्यान जोखिममा पर्ने गरी चोटपटक नलागेको जनाइएको छ । 

बेपत्ता रहेका चालक दलका बाँकी एक सदस्यको खोजी कार्य जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan