Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, १७ कात्तिकः काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बाप्र ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशा पछाडिबाट आउँदै गरेको बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बाप्र ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलको ठक्करबाट ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकलमा सवार सुनसरी इटहरी नगरपालिका–७ घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । बाप्र ०२०५८ प ७४०५ नम्बर मोटरसाइकलका चालक सङ्खुवासभा घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने ५० वर्षीय टीकाराम गुरुङको बायाँ कुम, बाँया खुट्टा र दायाँ हातमा चोट लागेको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, ठक्कर दिने बाप्र ०२०५८ प ७४०५ नम्बरका चालक गोकर्णेश्वरका २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको प्रवक्ता सुवेदीले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan