जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
ललितपुर, १७ कात्तिक : गोदावारी नगरपालिका-१० टाहाखेल बस्ने ४४ वर्षीय खोम प्रसाद तिमिल्सिनाको टहरामा जुवातास खेलिरहेको अवस्थामा खोम प्रसाद समेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

