Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

काठमाडौँ, १७ कात्तिकः वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनीबँेसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का  विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का  दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत (युके) पठाइदिने भन्दै रु सात लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै रु छ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै रु दुई लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै रु १५ लाख ५० हजार रकम लिएका थिए ।

विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जना माथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan