Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विपन्नको उपचार गर्न महायज्ञ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | रासस

 

तुलसीपुर (दाङ), ३० कात्तिकः विपन्न नागरिकको उपचारमा आर्थिक सहायता जुटाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । 

 

दीर्घरोगीसहित अन्य बिरामीलाई आर्थिक सहयोगका लागि महायज्ञ आयोजना गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताउनुभयो । 

 

आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई सहयोग गर्न महायज्ञ आयोजना गरिएको जानकारी दिनुभयो । 

 

महायज्ञबाट सङ्कलित रकम कोषमा जम्मा गरिने वडाध्यक्ष वलीले बताउनुभयो । कोषको रकमलाई वडाको सिफारिस समिति र कोष परिचालन समितिले पारित गरेपछि भुक्तानी गरिनेछ । 

 

उपमहानगरपालिकाले सोसम्बन्धी कार्यविधि तयार पारेको छ ।  उहाँका अनुसार आगामी मङ्सिर ६ देखि १५ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । महायज्ञबाट करिब रु एक करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको मुख्य वाचकका रूपमा पण्डित अमृतशरण देवाचार्य रहनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan