जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |
सप्तरी, ३० कात्तिक : जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्युु भएको छ ।
सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिनुभयो ।
उहाँले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी दिनुभयो ।
चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएको चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ ।
हात्तीको आक्रमणबाट चौधरीको मृत्युु भएपछि स्थानीयवासी त्रसित छन् ।


