Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सार्वजनिक बिदामा पनि भक्तपुरका अस्पतालमा सेवा सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस)

ख्वप (भक्तपुर), ३० कात्तिक: सार्वजनिक बिदाका दिन पनि आज भक्तपुरका केही सरकारी अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा दिइरहेका छन् । शनिबार तथा सार्वजनिक बिदाका दिन अधिकांश स्वास्थ्य संस्थामा नियमित सेवा बन्द रहने गरेकामा भक्तपुरका केही अस्पतालले बिरामीको सहजताका लागि सेवा सञ्चालन गरिएको जनाएका छन् ।

    भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज सार्वजनिक बिदाका दिन पनि बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेका हुन् । साथै भक्तपुर नगरपालिका-९ स्थित ख्वप: अस्पतालले भने नियमित रूपमा शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा पनि सेवा दिँदै आएको छ । सोमबार देशभर सार्वजनिक बिदा भए पनि यी तीनवटै अस्पतालले बिरामीको उपचारलाई निरन्तरता दिएका हुन् ।

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका सूचना अधिकारी हरिहर पोखरेलले बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सार्वजनिक बिदाका दिन पनि अस्पतालले आवश्यक सेवा सञ्चालन गरेको बताउनुभयो । विशेष गरी कलेजो तथा मिर्गौला प्रत्यारोपण गरेका र प्रत्यारोपणको तयारीमा रहेका बिरामीलाई नियमित औषधि सेवन, परीक्षण तथा चिकित्सकीय परामर्श आवश्यक पर्ने भएकाले बिदाका दिन पनि सेवा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रत्यारोपण गरेका बिरामीले नियमित औषधि सेवन गर्नुपर्ने र स्वास्थ्य परीक्षण तथा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । सार्वजनिक बिदाका कारण अस्पतालको सेवा बन्द हुँदा त्यस्ता बिरामीलाई समस्या पर्न सक्ने भएकाले सकेसम्म सेवा निरन्तरता दिने प्रयास गरिएको हो ।

    उहाँले शनिबार र आइतबारबाहेक अन्य सार्वजनिक बिदाका दिन पनि अस्पतालले आवश्यकताअनुसार बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । अस्पतालले वार्षिक रूपमा सीमित सार्वजनिक बिदामा मात्रै सेवा बन्द गर्ने र अन्य बिदाका दिन बिरामीको आवश्यकतालाई प्राथमिकता दिएर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको उहाँको भनाइ छ । 

    क्यान्सर तथा प्रत्यारोपणसम्बन्धी उपचार लामो समयसम्म निरन्तरता दिनुपर्ने र नियमित औषधि तथा परीक्षण आवश्यक पर्ने भएकाले बिरामीलाई बिदाका कारण उपचारबाट वञ्चित हुन नदिन अस्पतालले यस्तो व्यवस्था गरेको जनाएको हो ।

    यता भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले पनि वर्षभरि स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ । अस्पतालका निमित निर्देशक डा मजेश प्रताप मल्लले सार्वजनिक बिदाका दिन मात्रै नभई वर्षका ३६५ दिन बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइएको बताउनुभयो । 

    उहाँका अनुसार बिरामीलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले बिदाका दिन पनि सेवा सञ्चालन गर्दै आएको छ । आकस्मिक तथा नियमित उपचार आवश्यक पर्ने बिरामीलाई सार्वजनिक बिदाका कारण समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले सेवा निरन्तरता दिएको उहाँले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan