Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस-एएफपी)

टोकियो, १७ कात्तिक : जापानको टोकियोस्थित एक पसलबाट चोरी भएको करिब दुई लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी हस्तलिखित माफीपत्रसहित फिर्ता गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घडी चोरी भएको एक सातापछि पसलमा प्याकेजमार्फत फिर्ता पठाइएको हो ।

ग्राहकको भेषमा पसल पुगेका एक व्यक्तिले अडेमार्स पिगुएट ब्रान्डको घडी लगाएर हेर्ने क्रममा आफ्नो नाडीमा राखेपछि पसलबाट भागेका थिए । तर, चोरी भएको घडी भएको प्याकेज र त्यससँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोट पसलमा प्राप्त भएपछि घटनाले नयाँ मोड लिएको हो ।

असाही सिम्बुनलगायत जापानी सञ्चारमाध्यमले सोमबार अज्ञात अनुसन्धान स्रोतलाई उद्धृत गर्दै घडी फिर्ता आएको समाचार प्रकाशित गरेका छन् । घडीको सिरियल नम्बरबाट चोरी भएको वस्तु पहिचान गरिएको बताइएको छ ।

एएफपीले सम्पर्क गर्दा सम्बन्धित पसलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । असाही सिम्बुनका अनुसार टोकियो प्रहरीले चोरीमा संलग्न भएको आशङ्कामा व्यक्तिको खोजी जारी राखेको छ ।

यसै वर्ष अगस्टमा सोही सपिङ कम्प्लेक्सको अर्को पसलबाट दुई करोड येन मूल्यका चारवटा महँगा घडी चोरी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan