Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दक्षिण कोरियाली राष्ट्रपतिको पासपोर्ट विवरण चुहावटको अनुसन्धान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस-एएफपी)

सियोल, १७ कात्तिक : दक्षिण कोरियाले राष्ट्रपति ली जे म्युङसहित १६० भन्दा बढी उच्च अधिकारीको पासपोर्ट विवरण अनलाइनमा सार्वजनिक भएको घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

विदेश मन्त्रालयले मङ्गलबार चुहावटको स्रोत र त्यसमा संलग्न व्यक्तिबारे पत्ता लगाउन प्रहरीसहित सम्बन्धित निकायसँग काम गरिरहेको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ली र उहाँकी पत्नीको जन्ममिति, पासपोर्ट नम्बर तथा राष्ट्रपतिको विदेश भ्रमणमा सहभागी वरिष्ठ अधिकारीका व्यक्तिगत विवरण समेटिएको कम्प्युटर फाइल गत जुनमा एउटा वेबसाइटमा अपलोड गरिएको थियो ।

राष्ट्रपतिको युरोप भ्रमणअघि उक्त फाइल मालवेयर परीक्षण गर्ने प्लेटफर्म ‘भाइरस टोटल’ मा राखिएको र करिब पाँच महिनासम्म पहुँचयोग्य रहेको बताइएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता पार्क डु–सनले प्रभावित सबैको पासपोर्ट नवीकरण गरिएको र वेबसाइटबाट सार्वजनिक विवरण हटाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले घटनालाई ह्याकिङ आक्रमणभन्दा तथ्याङ्क चुहावटका रूपमा लिएको छ । राष्ट्रपति भ्रमणको तयारीमा प्रयोग गरिएका कम्प्युटर र इमेल खातासमेत जाँच भइरहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार प्रमुख सचिव लिम क्वाङ–ह्युनले आपत्कालीन बैठकमा घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको छ । चुहावटको कारण, सार्वजनिक भएका विवरणको दायरा र त्यसबाट कुनै वास्तविक क्षति पुगे–नपुगेकोबारे विस्तृत अनुसन्धान आवश्यक रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan