Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस-एएफपी)

नयाँदिल्ली, १७ कात्तिक : ओमाननजिक भारतको झण्डा बोकेको मालवाहक जहाजमा अज्ञात हवाई वस्तुले आक्रमण गर्दा एक भारतीय नाविकको मृत्यु भएको भारत सरकारले मङ्गलबार जनाएको छ ।

भारतीय जहाजरानीमन्त्री सर्वानन्द सोनोवालका अनुसार घटनाका बेला ट्याङ्कर एमएसभी अल जुसुफीमा १४ जना भारतीय नाविक सवार थिए । ओमानी तटरक्षकले १३ जनालाई सुरक्षित रूपमा उद्धार गरेको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालमा जारी वक्तव्यमा सोनोवालले गुजरातका नाविक गान्धार नाहिम अजिजको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गर्नुभएको छ ।

सन् २०२५ मा तीन लाख २० हजारभन्दा बढी सक्रिय नाविक रहेको भारत विश्वव्यापी व्यापारिक ढुवानी क्षेत्रमा सबैभन्दा धेरै नाविक उपलब्ध गराउने देशमध्ये एक हो ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता हर्मुज जलघाँटीमा भएका आक्रमणमा भारतका धेरै नाविकको मृत्यु भएको छ ।

भारतको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय जलमार्गमा निर्बाध र सुरक्षित आवागमन सुनिश्चित गर्न आह्वान गर्दै व्यावसायिक जहाजमाथि भएका आक्रमणको बारम्बार निन्दा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan