Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तर कोरियाद्वारा साइबर चोरीको आरोप अस्वीकार, क्रुज मिसाइल परीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार | (रासस-एएफपी)

सियोल, १७ कात्तिक : उत्तर कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट छ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोप अस्वीकार गरेको छ ।

उसले आरोपलाई राजनीतिक उक्साहट भन्दै खण्डन गरेकै बेला नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भन्नुभएको छ ।

एफबीआईले शनिबार उक्त चोरीमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडट्रेटर’ नामक ह्याकिङ समूह संलग्न रहेको जनाएको थियो । विज्ञहरूका अनुसार चोरी भएको रकम उत्तर कोरियाको अनुमानित वार्षिक कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ बराबर छ ।

यस घटनापछि दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले साइबर सुरक्षा प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । सन् २०२४ को संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाको साइबर आक्रमणबाट प्राप्त आम्दानीले सामूहिक विनाशका हतियार विकासमा सहयोग पुगेको उल्लेख गरेको थियो ।

सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार सोमबार परीक्षण गरिएको क्रुज मिसाइलको वारहेडले पाँचदेखि छ हेक्टर क्षेत्र ध्वस्त पार्न सक्छ ।

परीक्षणले मिसाइलको लक्ष्यमा ठाडो प्रहार गर्ने क्षमता सुधारिएको जनाइएको छ । विज्ञका अनुसार यसको उद्देश्य दक्षिण कोरिया र अमेरिकी सैन्य संरचनामाथि प्रहार गर्ने क्षमता प्रदर्शन गर्नुका साथै परम्परागत हतियारमार्फत प्रतिरोध बलियो बनाउनु हो ।

दक्षिण कोरियाली सेनाले परीक्षणबारे सार्वजनिक जानकारी दिएको छैन । संयुक्त चिफ्स अफ स्टाफका प्रवक्ता जाङ डो–यङले दक्षिण कोरिया र अमेरिकाले मिसाइलको विशेषता विश्लेषण गरिरहेको बताउनुभएको छ ।

उहाँका अनुसार परिचालन सुरक्षा र गुप्तचर स्रोतको संरक्षणका कारण सेनाले उत्तर कोरियाका सबै मिसाइल परीक्षण सार्वजनिक गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan