Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार | (रासस-एएफपी)

जेनेभा, ३० कात्तिक : युद्धमा कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित स्वायत्त हतियारको प्रयोग बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घमा तिनलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था बनाउनुपर्ने विषयमा बहस सुरु भएको छ ।

‘किलर रोबोट’ नामले चिनिने यस्ता हतियारको प्रयोग र नियन्त्रणबारे निर्णय गर्न सोमबारदेखि १२८ देशका प्रतिनिधि जेनेभामा भेला हुँदैछन् ।

स्वायत्त हतियारले मानवीय हस्तक्षेपबिना लक्ष्य पहिचान गरी आक्रमण गर्न सक्ने भएकाले यसको प्रयोगले नागरिकको जीवन र सुरक्षामा जोखिम बढाउने चिन्ता व्यक्त गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, पोप लियो चौधौँ र विभिन्न अभियानकर्मीले जीवनमरणको निर्णय गर्ने अधिकार पूर्णतः मेसिनलाई सुम्पिन नहुने बताउँदै आएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका लरेन्ट गिसेलले कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै स्वायत्त हतियार नियन्त्रणको आवश्यकता झन् बढेको बताउनुभएको छ । रुस–युक्रेन युद्धमा स्वायत्त ड्रोनको प्रयोग भइरहेको र युक्रेनले पनि ड्रोन समूह विकासमा जोड दिइरहेको समाचारमा उल्लेख छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घीय महासभामा १६३ देशले स्वायत्त हतियार नियन्त्रणसम्बन्धी वार्ता गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेका थिए । अमेरिका, रुस, बेलारुस, इजरायल र उत्तर कोरियाले भने त्यसको विपक्षमा मतदान गरेका थिए । चीन, इरान र साउदी अरेबियासहित नौ देश मतदानमा अनुपस्थित रहे ।

अमेरिकाले बाध्यकारी व्यवस्था बनाउन पाँच वर्षको प्रक्रिया प्रस्ताव गरेको छ भने रेडक्रस र गैरसरकारी संस्थाहरूले एक वर्षभित्र वार्ता अघि बढाउनुपर्ने पक्षमा आवाज उठाएका छन् । रेडक्रसले अप्रत्याशित रूपमा काम गर्ने तथा मानिसलाई प्रत्यक्ष निशाना बनाउने स्वायत्त हतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।

तर प्रमुख सैन्य शक्तिहरू कडा नियन्त्रणको पक्षमा नरहेकाले यसै साता बाध्यकारी नियम बनाउने वार्ता सुरु गर्ने सहमति जुट्न कठिन देखिएको विश्लेषकहरूको भनाइ छ । मानव अधिकारवादी संस्था ह्युमन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan