अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३० सोमबार |
भद्रपुर (झापा), ३० कात्तिक : कनकाई नगरपालिका–९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको कुन्यूमा आगो लगाउँदा करिब ९० मन धान र पराल पूर्णरूपमा जलेर नष्ट भएको छ ।
घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले लगाएको धानको कुन्यूमा गए राति आगजनी भएको हो ।
आगलागीबाट धान र पराल गरी करिब एक लाख ५१ हजारभन्दा बढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।


